YI Updates
अहिंशात्मक आन्दोलन प्रयोग गरी युवा सवालहरुको उचित सम्वोधनमा जोड
- More in the News
- National Youth Policy: Achievement and Implementation
- Exposure Visit for Youth
- युवा सहकारी मार्फत स्वरोजगारी
- Hating or Ignoring is Not The Answer
- Together against Corruption
- Youth Discussed on the possible deadlock.
- Youth Initiative: Grooming Young Leaders through Civic Leadership School
- Towards civic engagement of youth
08 Jun 2010, सौराह, चितवन
राष्ट्र निर्माणको प्रमूख श्रोत र परिर्वतनको प्रमूख बाहक शक्तिको रुपमा रहेको युवा शक्ति तथा नेतृत्वलाई थप प्रभावकारी, नेतृत्वदायी बनाई विद्यार्थी तथा युवाहरुको समग्र सवालहरुलाई अहिंशात्मक आन्दोलनको माध्यमवाट सम्वोधन गर्न सकिने तर्फ उनीहरुको उचित ध्यानाकर्षण गर्न युवा अभियानको आयोजनामा मिति २०६७ साल जेष्ठ २३ देखि २५ गतेसम्म चितवनको सौराहमा तीनदिने आवासीय तालिम तथा कार्यशाला युवाहरुको स्थान र भुमिका (Young People: Creating Space and Seeking Role सफलतापुर्वक सम्पन्न भयो ।उक्त तालिममा बिभिन्न जिल्ला क्रमशः धनकुटा, मोरङ्ग, जनकपुर, धनुषा, चितवन, नवलपरासी, रुपन्देही, कास्की, बागलुङ्गका बिभिन्न बिद्यार्थी संगठन, युवा संगठनहरुका क्षेत्रीय, जिल्ला र स्वतन्त्र विद्यार्थी यूनियनका पदाधिकारी युवाहरु गरी २४ जना नेतृत्वदायी युवाहरुको सहभागिता रहेको थियो ।
तालिमका विभिन्न बिषयहरुमा फरक फरक व्यक्तिहरुले सहजीकरणको भुमिका निर्वाह गर्नुभएको थियो । अहिंशात्मक आन्दोलन पद्धतीबाट आफ्ना मागहरुको सम्वोधन बिषयमा डा. शुसिल कोइराला, प्रजातान्त्रिकरण प्रकृया र नेपाल बिषयमा डा. हरिहर पोखरेल, सुशासन/स्थानीय सरकार र युवा सहभागिता बिषयमा डा. रविमोहन सापकोटाले सजिकरण गर्नुभएको थियो ।
त्यस्तै युवा अभियानका कार्यकारी निर्देशक श्री नारायण अधीकारी, कार्यक्रम अधिकृत श्री राजु शर्मा र भरतपुर संयोजक श्री तपस भट्टर्राईहरुले समेत कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । विविधता र समावेशी तथा फरफ/फरक जिल्लाका युवाहरुलाई एकिकृत गरी संचालन गरिएको यो तालिम विद्यार्थी युवा नेतृत्वको क्षमता विकास, उनीहरुबीच आपसी समन्वय तथा सञ्जाल विस्तार गरी बिद्यार्थी युवाहरुका सवालहरुको सम्वोधन गर्न तालिमले महत्वपुर्ण सहयोग पुर्याएको सहभागिहरुले औंल्याएको पाईयो । उक्त तालिम तथा कार्यशालामा विद्यार्थी राजनीति तथा विद्यार्थी सरकारका सवाल र उक्त सवालहरुको समाधानका लागि चालिनुपर्ने कदमहरुका बारेमा विभिन्न समूहगत रुपमा अभ्यास भई प्रस्तुतीकरण को कार्य समेत गरिएको थियो ।
Opinion Poll
Do you believe that uses of Right to Information (RTI) will help reduce corruptions ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More










