World Updates
तराईका ११ हजार युवालाई अमेरिकाले तालिम दिने / नेपालका नेताहरु बुढा भए: डेलिसी
- More in the News
- भारतबाट नेपाललाई ५७ अर्बको सहयोग
- शिक्षा मन्त्रालयका तीन विकल्प
- माओवादी सेनाले भर्ना खोल्यो
- Youth Leaders' Norway Trip
- सभासदले फिर्ता गरे १ लाख २० हजार
- संविधानसभाको म्याद १ वर्ष थप
- बाराक ओबामाको कार्यक्रममा नेपाल छानियो
- एमआरपी भारतमा छपाउने निर्णय रद्द
16 Jun 2010, पर्सा
नेपालका लागि अमेरीकी राजदुत स्कच एच डेलिसीले नेपालका राजनीतिक दलका नेताहरु सबै ६० बर्ष माथिका मात्र रहेकाले यहाँका युवालाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
अमेरिकी सूचना केन्द्रको सहयोगमा संचालित वीरगन्जस्थित सामुदायिक पुस्तकालमा मंगलबार आयोजित विकासमा युवाको भूमिका बिषयक अन्तर्क्रियामा बोल्दै राजदुत डेलिसीले यस्तो सुझाव दिएका हुन् ।
उनले आफूले आज भन्दा २६ बर्ष पहिले नेपालमा जलविद्युतको पर्याप्त सम्भावना रहेको छ भनि सुनेको र हाल पनि त्यही सुनि रहेको बताए । जलविद्युतको बारेमा कुरा मात्र गर्ने तर त्यसलाई उत्पादन गर्ने तत्परता नदेखाउनु नेपालीको कमजोरी रहेको उनले टिप्पणी गरे ।
अमेरिकाले तराईका ११ हजार युवालाई रोजगारीका लागि तालिम दिने योजना ल्याई रहेको बताउदै डेलिसीले शिक्षामा मात्र नभई रोजगारीका लागि शिक्षामा जोड दिन सुझाव दिएका थिए । अमेरिकाले नेपाललाई यस बर्ष ५० लाख अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै त्यसको अधिकांश रकम यहाँको ग्रामीण क्षेत्रको विकासका लागि खर्च हुने बताए ।
डेलिसीले नेपाललाई भारत,चीन वा अमेरिका कसले चलाउछ भनि आफूले भन्न नसक्ने तर अमेरिकाले भने नेपालमा कुनै पनि खाले हस्तक्षेप नगरको दाबी गरे । उनले अमेरिकाको स्वार्थ केवल शान्त र लोकतान्त्रिक नेपाल हेर्न चाहनु हो भन्दै यहाँ कानूनको शासन, मानव अधिकारको बहाली र राजनीतिक स्थायित्व भएको अमेरिकाले हेर्न चाहेको बताए ।
साभारः इकान्तिपुर.कम
Opinion Poll
Do you believe that uses of Right to Information (RTI) will help reduce corruptions ?
A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More
This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More










